म्याग्दी । प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मतगणना जारी छ । नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकालीले सुरुआती अग्रता लिएका छन् ।
हालसम्म १२ सय ६९ मतगणना गर्दा गौचनले ६८७ मत पाएका छन् । नेकपा (एमाले)का इन्द्रधारा विष्ट ३५५ मतसहित दोस्रो स्थानमा छन् ।
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अधितियचन्द्र थकालीले ११७, उज्यालो नेपाल पार्टीका डा. सुरेन्द्र शेरचन ४३, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ङुटुक गुरुङले २८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।
कुल ११ हजार ३२८ मतदाता रहेकोमा मुस्ताङमा ५६.४७ प्रतिशत अर्थात् ६ हजार ३९७ मत खसेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८