• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फागुन २१ मा हवाई उडान बन्द नहुने

  • खबरदाता

फागुन २१ मा हवाई उडान बन्द नहुने

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ मा हुने मतदानका दिन आन्तरिक तर्फको हवाई उडान सुचारु हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

निर्वाचन आयोगले हवाई उडान नरोक्ने गरी आचारसंहिता जारी गरेका कारण औपचारिक रूपमा उडान बन्द नहुने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

तर, पर्याप्त यात्रु नहुने कारण उडान संख्यामा कटौती गर्ने मनस्थितिमा एयरलाइन्स छन् । त्यस दिन आन्तरिक उडानको बुकिङ खासै नभएका कारण अति आवश्यक र उद्धारचाहिँ सुचारु हुने बताए ।

न्यून यात्रुका कारण एयरलाइन्सहरूले सञ्चालन खर्च धान्न नसकेमा उडान सञ्चालन गर्न बाध्य नहुने उनले बताए ।

निर्वाचन आयोगले मतदान हुने दिन बेलुकी ५ बजेसम्मका लागि लामो तथा छोटो दूरीका सवारी साधन चलाउन बन्देज लगाएको छ । तर, हवाई सेवबारे केही उल्लेख गरेको छैन । हवाई सेवाको नियमन र व्यवस्थापन नागरिक उड्डयन प्राधिकरणले गर्छ ।

अन्तर्राष्ट्रिय उडान पनि निर्वाचनका कारण बन्द नहुने, तर यात्रु तथा अन्य मुलुकको हवाई सुरक्षाका कारण नियमित नहुने सम्भावना रहेको उनले बताए ।

 

  • प्रकाशित मिति : फागुन १८, २०८२, सोमवार ११:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८