• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026

सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच झडप, सातजना घाइते

  • खबरदाता

सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच झडप, सातजना घाइते

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–४, सहानस्थित हिमालयन फुड कम्पनीमा कार्यरत नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा दुई नेपाली र पाँच चिनियाँ कामदार छन् ।

मरिण–६, धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

उनका अनुसार, हिमालयन फुड कम्पनीमा कार्यरत चिनियाँ नागरिक ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाइबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते छन् । उनीहरूका कान, टाउको, हात, छाती, मुखमा चोट लागेको र हाल प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको उनले बताए ।

धमिलेका ३० वर्षीय नवराजलाई कामबाट निकालेका विषयमा विवाद सुरु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

  • प्रकाशित मिति : फागुन ११, २०८२, सोमवार १३:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८