• फागुन ५, २०८२, मंगलवार Tuesday, 17 February, 2026

साढे नौ हजारले घट्यो सुनको मूल्य

  • खबरदाता

साढे नौ हजारले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९माघ २२० मा सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो ।

यससँगै आजको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।

अस्तिको तुलनामा हिजो १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ । यस दिन प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ ।

हिजो पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

  • प्रकाशित मिति : माघ २२, २०८२, बिहीवार १०:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८