नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (माघ २१) मा सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो ।
आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ।
हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८