• फागुन ५, २०८२, मंगलवार Tuesday, 17 February, 2026

ग्यासको अभाव छैन, हल्ला मात्रै हो-निगम

  • खबरदाता

ग्यासको अभाव छैन, हल्ला मात्रै हो-निगम

पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव भएको समाचार र उपभोक्ताको गुनासोप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमका अनुसार इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास आयातका लागि देशभरका उद्योगीलाई मासिक रूपमा उपलब्ध गराइने कोटा ४९ हजार ५०० मेट्रिकटन रहेको छ । सोहीअनुसार नोभेम्बर २०२५ मा ४७ हजार २६४ मेट्रिकटन, डिसेम्बर २०२५ मा ४८ हजार ५३१ मेट्रिकटन र जनवरी २०२६ मा ४७ हजार ३०४ मेट्रिकटन ग्यास आयात भई आम उपभोक्तामाझ बिक्री–वितरण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार आयात गरिएको उक्त परिमाण जाडोयामको माग धान्न पर्याप्त रहेको छ । तर, हाल बजारमा केही एकाध उद्योगका ग्यास सिलिन्डरमा अभाव देखिएकाले ती उद्योगलाई आपूर्ति सहज बनाउन निर्देशन दिइसकिएको र केही समयभित्रै बजार सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरिएको छ ।

बजारमा एलपी ग्यासको वर्तमान अवस्था र आसन्न निर्वाचनलाई समेत मध्यनजर गर्दै निगमले फेब्रुअरी २०२६ का लागि साविकको कोटामा थप दुई हजार मेट्रिकटन ग्यास आयात गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ । सो परिमाण इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्न उद्योगअनुसारको कोटा पठाइसकिएको निगमको भनाइ छ ।

निगमले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न समेत अनुरोध गरेको छ ।

  • प्रकाशित मिति : माघ १९, २०८२, सोमवार १७:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८