• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

  • खबरदाता

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र साहका सहयोगी दिनेश सिटौलालाई काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरले अछामबाट हेलिकप्टरमा सुर्खेत ल्याएको थियो । त्यसपछि त्यहाँबाट सेनाकै स्काई ट्रकबाट काठमाडौं ल्याइएको हो ।

उनी अछाममा बेहोस भएपछि उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाकोहेलिकप्टर अछाम पठाइएको थियो ।

अछाम सदरमुकाम मंगलसेनमा रहेको साहको टोलीसँग रहेका ४३ वर्षीय सिटौला एक्कासि शुक्रबार बिहान बेहोस भए थिए ।

 

बेहोस भएर लड्दा टाउकोमा चोट लागेका उनको होस खुलेको छैन् । स्थानीय डाक्टरहरूले रगत जमेको हुन सक्ने आशंका गरेका छन्। उनलाई काठमाडौं ल्याएपछि बालेन भने दैलेखतिर लागेका छन् ।

नुवाकोट घर भएका ४३ वर्षीय सिटौलालाई हेलिकप्टरबाट उद्दार गरेर पठाएपछि बालेनको टोली मध्यपहाडी राजमार्ग हुँदै दैलेख जाने कार्यतालिका छ। त्यहाँबाट उनी सुर्खेत ओर्लिनेछन् ।

  • प्रकाशित मिति : माघ १६, २०८२, शुक्रवार १३:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८