• वैशाख ९, २०८३, बुधवार Wednesday, 22 April, 2026

काठमाडौँमा वायु प्रदूषण उच्च, विश्वकै ९ नम्बरमा काठमाडौँ उपत्यका

  • खबरदाता

काठमाडौँमा वायु प्रदूषण उच्च, विश्वकै ९ नम्बरमा काठमाडौँ उपत्यका

काठमाडौँको वायु प्रदूषण बढ्दै गएको छ। वायु प्रदूषण मापनमा सोमबार बिहान काठमाडौँ उपत्यका विश्वमै नवौँ स्थानमा छ।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार सोमबार बिहान काठमाडौँको समग्र एक्यूआई १७४ छ।

यतिबेला वायु प्रदूषणको दृष्टिले बंगलादेशको ढाका पहिलो नम्बरमा छ। त्यहाँको एक्यूआई यतिबेला २७३ छ।

दोस्रोमा भारतको कोलकता र तेस्रोमा चीनको उहान सहर छ।

विगत लामो समयदेखि पानी नपर्दा आकाशमा थुप्रिएको धुलोले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको हो।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहनु अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।

  • प्रकाशित मिति : माघ १२, २०८२, सोमवार ११:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८