• असार २६, २०८३, शुक्रवार Friday, 10 July, 2026

सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड

  • खबरदाता

सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार दुई हजार चार सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा तीन लाख एक हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ६ हजार ४८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ११, २०८२, आइतवार ११:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८