काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाहले राजीनामा दिएका छन् । उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो ।
“नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,” बालेनले भनेका छन् ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८