काठमाडौं । नेपाली कांग्रेसका नेता डा। सुनील शर्माले गगन थापा नेतृत्वको पार्टीलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शनिबार (माघ ३) काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले निर्वाचन आयोगले मान्यता दिएको कांग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर शेरबहादुर देउवा समूहका नेताहरू पनि अघि बढ्नुपर्नेमा जोड दिए ।
देउवा समूहको उत्पीडनका कारण विशेष महाधिवेशन गरिएको उनले उल्लेख गरे । त्यसबाट चयन भएकाले सबैलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको रहेको समेत उनले बताए । देउवा समूहका नेताहरूलाई सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मासहितले मिलाएर लैजाने उनले विश्वास व्यक्त गरे ।
उनले आसन्न आमनिर्वाचनमा कांग्रेस एक्लै लड्ने र बहुमत प्राप्त गरी सभापति थापा प्रधानमन्त्री बन्ने जिकिर समेत गरे । थापालाई प्रधानमन्त्री बनाउन आफूहरू लाग्ने उनको भनाइ थियो ।
डा. सुनील शर्माको भनाइ पढ्नोस्–
यो भेला (विशेष महाधिवेशन) जुन भयो नि, त्यो अधिकांश मानिसहरू उत्पीडित थिए । स्पेसल्ली यो गत पाँच वर्षभित्रमा नहुनुपर्ने धेरै कुराहरू कांग्रेस पार्टीभित्र भएका थिए । संस्थापनमा नलागेका साथीहरूलाई उत्पीडनमा राखिएको थियो । टिकट वितरणमा ठूलो चलखेल हुन्थ्यो । यी विविध कुराहरूले गर्दा पब्लिकले पनि, आमनागरिकले पनि र क्याडरले पनि चेन्जेज चाहेको थियो । त्यो चेन्जको यो एउटा परिणाम हो । अब यसलाई सबैले स्वीकार गरेर जाने र पार्टीलाई मिलाएर जानेबाहेक अर्को विकल्प छैन । पार्टीलाई मिलाउनुपर्छ, दुवै पक्षका नेताहरूले । अहिले पार्टी फुटेको होइन । अधिवेशन भयो । यो भ्यालिड भइसक्यो । अब अधिवेशनप्रति असन्तुष्ट राख्ने साथीहरूलाई, जो अधिवेशनबाट सभापति गगनजी, विश्वप्रकाशजीहरूलगायत साथीहरूले मिलाउनुहुन्छ । मिलाउनुपर्छ । लोकतन्त्रमा गुट स्वाभाविक हुन्छ । लोकतन्त्रमा प्रतिस्पर्धाहरू त स्वाभाविक हुन नि त १ प्रतिस्पर्धा नै भएन भने त कम्युनिस्ट सिस्टम भइहाल्यो नि १ त्यसकारण लोकतन्त्रमा प्रतिस्पर्धालाई सामान्य रूपमा लिनुपर्छ । विधि र विधानभित्र रहेर प्रतिस्पर्धा हुनुपर्छ । अहिले यो निर्वाचन आयोगले जे दिएको छ, त्यसलाई स्वीकार गरेर जानेबाहेक अर्को विकल्प छैन । त्यो मिलाएर लिएर जानुपर्छ । झगडा पर्दा, टसल हुँदा कसले के भन्यो, त्यो अलग कुरा हो । आजबाट परिस्थिति चेन्ज हुन्छ । नेताहरू सबै विवेकशील हुनुहुन्छ । बुद्धिमान हुनुहुन्छ । जो अहिले डिलरसिपमा आउनुभएको छ, उहाँहरू बुद्धिमान हुनुहुन्छ । जो वर्षौंसम्म पार्टी सत्ता चलाएर बस्नुभएको छ, उहाँहरू पनि बुद्धिमान हुनुहुन्छ । सबैले आफ्नो इगो त्याग्ने, कांग्रेसलाई एकढिक्का बनाएर लैजाने । आगामी निर्वाचनमा कांग्रेससँग ठूलो प्रतिस्पर्धा नै हुँदैन । अब हामी स्वीप गरिहाल्छौँ नि १ अब सबै गाउँ छिर्ने हो । ढ्याक ढ्याक पारेर मेजरिटी ल्याउने हो । देउवा पक्ष ओलीसँग मिल्न जानुहुन्छ जस्तो मलाई लाग्दैन । नेपाली कांग्रेस पार्टी गठबन्धनको पक्षमा जाँदैन, सिंगल चुनाव लड्छ । १६५ वटै ठाउँमा हाम्रा उमेदवारहरू हुन्छन् । मलाई लाग्छ, हामी मेजरिटी ल्याउँछौँ । मलाई के लाग्छ भने, नयाँ आएको टिम हाम्रा दाइहरू हुनुहुन्छ, अब हिजो भएको मिस्टेक अब हुँदैन होला । अहिले गठबन्धन हुन्छ जस्तो मलाई लाग्दैन । अबको मेजरिटीसहितको प्रधानमन्त्री गगन थापा बन्नुहुन्छ भन्ने नै हो । त्यसमा दुविधा छैन, बनाउने हो । न्युज एजेन्सी नेपाल
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८