• फागुन ५, २०८२, मंगलवार Tuesday, 17 February, 2026

कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएका छौँ : विश्वप्रकाश शर्मा

  • खबरदाता

कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएका छौँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएको बताएका छन् । ूकांग्रेसलाई बदल्न गगन थापालाई हामीले कमान्डर बनाएका छौँ, कुनै पनि युद्धमा विजय हासिल गर्नका लागि कमान्डर दरिलो ढंगले उभिदै गर्दा पूरै सेना पनि उही तयारी, मनोविज्ञानका साथ उभिनुपर्छ,ू उनले भने ।

उपसभापतिमा निर्वाचित भएपछि नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले जे भइरहेको छ फरक मत, आपसी विमतिको बीचबाट, विधिको माध्यमबाट नयाँ नेतृत्व चयन गरिएको बताए ।

‘जे भइरहेको छ फरक मत, आपसी विमतिको बीचबाट, विधिको माध्यमबाट नयाँ नेतृत्व चयन गरिरहेका छौँ, उनले भने ।

देश संविधानले चल्ने र पार्टी विधानले चल्ने बताए । संविधान र विधान नचल्दा देश र पार्टी दुवैमा बेथिति हुने उनको भनाइ थियो ।

 

 

  • प्रकाशित मिति : माघ १, २०८२, बिहीवार ०७:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८