• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका सार्वजनिक, उमेदवारी दर्ता र मतदान आजै

  • खबरदाता

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका सार्वजनिक, उमेदवारी दर्ता र मतदान आजै

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । मंगलबार (पुस २९) विशेष महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले चुनावी कार्यक्रम प्रकाशन गरेका हुन् ।

निर्वाचन कार्यक्रमानुसार, आज दिउँसो १२ः३० बजेसम्म प्रथम मतदाता नामावली प्रकाशनको समय तोकिएको छ ।

उमेदवारको मनोनयनपत्र दर्ताका निम्ति यसै दिन दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।

मतदानका निम्ति राति ९ देखि बुधबार (पुस ३०) बिहान १ः३० बजेसम्मको समय तोकिएको छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबार (पुस २७)देखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । संस्थापन पक्षले विशेष महाधिवेशन स्वीकार गरेको छैन ।

  • प्रकाशित मिति : पुस २९, २०८२, मंगलवार १४:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८