नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबार ९पुस २७०देखि सुरु विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र थालिएको छ । विशेष महाधिवेशन प्रचारप्रसार समितिले सोमबार ९पुस २८० पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम केही बेरअघि भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो ।
बन्दसत्रको अध्यक्षता काठमाडौं क्षेत्र नम्बर–५ का कांग्रेस नेता एवं ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८८ वर्षीय श्यामकुमार खड्काले गरेका छन् ।
प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार, कांग्रेस विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनका निम्ति बनाएको कार्यविधि कानुन व्यवसायी एवं महाधिवेशन प्रतिनिधि नारायणप्रसाद भट्टराईले वाचन गर्ने कार्यक्रम छ ।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बन्दसत्रको कार्यक्रम सञ्चालन गर्नेछन् ।
यस्तै, बन्दसत्रमा पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले दुई छुट्टाछुट्टै प्रस्ताव पेस गर्ने कार्यक्रम छ । महामन्त्रीद्वयले पेस गर्ने प्रस्तावमा राजनीतिक समीक्षा, पार्टीभित्रको विधि, विधान संशोधन र संरचनागत सुधारलगायत विषय छन् ।
महामन्त्रीद्वयले प्रस्तुत गर्ने प्रस्तावमाथि विभिन्न नौ समूहमा छलफल गरेर निष्कर्षमा पुगिने प्रचारप्रसार समितिका संयोजक पोखरेलले जानकारी दिए । रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८