काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सितको एकता प्रक्रिया रोकिएपछि उज्यालो नेपाल पार्टीले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालले शनिबार (पुस २६) बेलुका ६ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी गराएको छ ।
पत्रकार सम्मेलन काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमै हुने उज्यालो नेपालले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८