• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

पूर्वउपसभापति श्रेष्ठ खुले विशेष महाधिवेशनको पक्षमा, भने– देउवा तानाशाह भएर निस्किए

  • खबरदाता

पूर्वउपसभापति श्रेष्ठ खुले विशेष महाधिवेशनको पक्षमा, भने– देउवा तानाशाह भएर निस्किए

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेर आफूले विशेष महाधिवेशनमा जाने निर्णय गरेको बताएका छन् ।

उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि धेरै अन्याय गर्नुभएको छ । उहाँलाई कत्ति सहयोग गर्दा पनि सधैँ अन्याय नै गर्नुभयो मलाई । अब अन्याय सहेर बस्न सक्दिनँ । देउवा अहिले तानाशाह भएर निस्किनुभयो ।’

श्रेष्ठले भोलि हुने विशेष महाधिवेशनमा सहभागी हुन पार्टीपंक्तिलाई आह्वान पनि गरे । साथै, उनले आफूहरूले अब पार्टीमा अभिभावक भएर बस्नुपर्ने र युवा नेतृत्वलाई अघि सार्नुपर्ने पनि बताए ।

  • प्रकाशित मिति : पुस २६, २०८२, शनिवार १६:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८