• कात्तिक १, २०८३, शनिवार Saturday, 17 October, 2026

सुनको मूल्य एकैदिन तोलामा २१ सयले बढ्यो

  • खबरदाता

सुनको मूल्य एकैदिन तोलामा २१ सयले बढ्यो

नेपाली बजारमा शुक्रबार ९पुस २५० सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार (पुस २४) छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८३५ रुपैयाँमा कारोबार थियो ।

  • प्रकाशित मिति : पुस २५, २०८२, शुक्रवार ११:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८