• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

ओलीलाई जाँचबुझ आयोगले भन्यो-बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

  • खबरदाता

ओलीलाई जाँचबुझ आयोगले भन्यो-बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसंगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेन-जी आन्दोलनको विषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् ।

आयोगले बोलाउँदा ओली उपस्थित नभए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले ‘भोलीको कुरा भोली नै हुने’ उल्लेख गरे । त्यस्तै उनले पूर्व गृहमन्त्री रमेश लेखकको बयान सकिसकेको जानकारी दिए ।

कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने दाबी गरे ।

  • प्रकाशित मिति : पुस १७, २०८२, बिहीवार १६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८