• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

एमाले निर्वाचन-२२५३ प्रतिनिधि मतदानमा सहभागी, १५० मतदान गर्ने अन्तिम लाइनमा

  • खबरदाता

एमाले निर्वाचन-२२५३ प्रतिनिधि मतदानमा सहभागी, १५० मतदान गर्ने अन्तिम लाइनमा

नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २२६३ मध्ये २२५३ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएका छन् ।

२ जनाको कार्ड हराएको र १ जना मतदानस्थलमा प्रवेश गर्ने अन्तिम समयसम्म पनि त्यहाँ पुगेनन् । अन्तिम समयसम्म मतदान गर्न ८ जना भने लाइन नबसेकोे पाइएको छ ।

निर्वाचन आयोगका अनुसार निर्धारित समयभित्र मतदानस्थलमा प्रवेश गरेका प्रतिनिधिमध्ये बिहान ५ बजे १५० जना लाइनमा छन् ।

उनीहरूलाई मतदान गर्न अब २ घण्टाको समय अनुमान गरिएको छ ।

आयोगका एक सदस्यका अनुसार बिहान ८ देखि ९ बजेभित्र सम्पूर्ण परिणाम तयार हुन्छ । एमाले केन्द्रीय कार्यालयले महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहान ११ बजे समापन कार्यक्रम आयोजना गरिने सूचना जारी गरेको छ ।

  • प्रकाशित मिति : पुस ३, २०८२, बिहीवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८