• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले महाधिवेशन : सुरु भयो मतदान

  • खबरदाता

एमाले महाधिवेशन : सुरु भयो मतदान

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ।

गत शनिबार उद्घाटन भएको महाधिवेशनको आज मतदान हुन लागेको हो । महाधिवेशन अन्तर्गत सोमबार नै मतदान हुने भनिएकोमा प्राविधिक कारणले ढिलाइ भएपछि स्थगित गरेर आजका लागि तय गरिएको हो ।

महाधिवेशनमा देशभरबाट जम्मा भएका २२ सय ६२ प्रतिनिधिले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमा ११ केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।

अधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरले छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

  • प्रकाशित मिति : पुस २, २०८२, बुधवार ०९:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८