• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

एनपीएल : दोस्रो जितको खोजीमा लुम्बिनी र काठमाण्डू

  • खबरदाता

एनपीएल : दोस्रो जितको खोजीमा लुम्बिनी र काठमाण्डू

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाज आज प्रतिस्पर्धामा उत्रिँदा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् ।

समान दुई अंक जोडेको काठमाण्डू र लुम्बिनी अंक तालिकाको क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् ।

प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेटको हार व्यहोरेको थियो ।

यता, काठमाण्डूको भने यो प्रतियोगिताको चौथो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । तर, दोस्रो र तेस्रो खेलमा भने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध क्रमशः २९ र पाँच विकेटले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजदेखि सुरु हुने तालिका छ । मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हालसम्म १० खेलको नतिजा आइसकेको छ ।

  • प्रकाशित मिति : मंसिर ९, २०८२, मंगलवार ०६:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८