• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सौराहामा सुरु भयो रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक

  • खबरदाता

सौराहामा सुरु भयो रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ । बैठक चितवनको सौराहामा शुक्रबार बिहान सुरु भएको हो ।

बैठकमा ५०० भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने रास्वपाले जनाएको छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्नेछन् ।

प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने रास्वपाले जनाएको छ ।

– न्युज एजेन्सी नेपालबाट ।

  • प्रकाशित मिति : कात्तिक २१, २०८२, शुक्रवार १३:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८