• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेस संस्थापनको कार्यतालिका– चैत १ मा वडा अधिवेशन, वैशाख २७ देखि महाधिवेशन

  • खबरदाता

कांग्रेस संस्थापनको कार्यतालिका– चैत १ मा वडा अधिवेशन, वैशाख २७ देखि महाधिवेशन

नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० सम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा मंगलबार संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले कार्यतालिकासहित आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन्।

महामन्त्री गगन थापाले भने आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन प्रस्ताव गरेका छन् ।

सहमहामन्त्री महेन्द्र यादवले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिका :

-मंसिर २० गतेसम्म स् क्रियाशील नवीकरण
-पुस ५ गतेसम्म स् नयाँ वितरण
-पुस २० गतेसम्म स् निर्वाचन समितिलाई क्रियाशील हस्तान्तरण
-चैत १ गते स् वडा अधिवेशन
-चैत ५ गते स् पालिका अधिवेशन
-चैत १२ गते स् प्रदेश क्षेत्रीय अधिवेशन
-चैत २० गते स् संघीय क्षेत्रीय अधिवेशन
-चैत ३० गते स् जिल्ला अधिवेशन
-वैशाख १५ गते स् सात प्रदेश अधिवेशन
-वैशाख २७–२९ गते स् १५औँ केन्द्रीय महाधिवेशन

  • प्रकाशित मिति : कात्तिक १८, २०८२, मंगलवार १७:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८