• साउन १, २०८३, शुक्रवार Friday, 17 July, 2026

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

  • खबरदाता

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

सामाजिक सुरक्षा कोषमा हालसम्म कुल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँबराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजारबराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।

कोषमा कुल २५ लाख ९२ हजार १४१ जना सूचीकृत योगदानकर्ताका रूपमा समावेश भएका छन् । कोषमा २२ हजार १२५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रुपैयाँ रहेको छ ।

यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दाबी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दाबी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रुपैयाँ रहेको छ । रासस

  • प्रकाशित मिति : कात्तिक १६, २०८२, आइतवार ०६:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८