• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता पक्राउ

  • खबरदाता

विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता पक्राउ

गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घर जलाएको आरोपमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघकै कार्यकर्ता सोनम थेवे पक्राउ परेका छन् ।

ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने थेबे आइतबार पक्राउ परेका हुन् ।

चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । थेबे‍ले धुम्बराही क्षेत्रका व्यवसायीलाई धम्की दिइ रकम असुल गर्ने गर्दै आएका थिए ।

उनी गुण्डा नाइके चक्रे मिलन समूहका रहेको बताइएको छ। गुण्डागर्दीमा सलंग्न थेबे पटके हुन् । व्यवसायीका अनुसार मिटरब्याजमा लगाएका पैसा असुल्ने समूहको नेतृत्व गरिरहेका थेबेले होटल तथा रात्री व्यवसायी, जग्गा व्यवयायीसँग हप्ता उठाउँथे ।

गुण्डागर्दी, मिटर ब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेबेलाई यसअघि पनि प्रहरीले खोजी गर्दा नेकपा (एमाले)का नेताले नपक्रिन भन्दै दबाब दिएका थिए ।

प्रहरीले यसअघि उनकै गाउँ ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम घर भई हाल काठमाडौँ महानगरपालिका–१ नक्सालबस्ने ३८ वर्षीय साहारा सुब्बा ९थेवे०लाई पक्राउ गरेको थियो ।

प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार ठगेको अभियोगमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ भदौ २०८२ मा पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार यो ठगीमा सनम थेवे पनि संग्लन थिए । तर ताप्लेजुङका एमालेका नेताहरूको दबाबमा यो थप अनसन्धान रोकिएको थियो ।

उनी एमाले र युवा संघका सक्रिय कार्यकर्ता हुन् । विभिन्न कार्यक्रममा युवा भेला पारेर उनले लैजाने गरेका थिए ।

थेबै तिनै हुन्, जो प्रहरीले निकाल्ने अभियुक्तको सूचीमा परिरहन्छन् । प्रहरीले यसअघि सुरक्षा चुनौती दिन सक्ने १३१ गुण्डाको सूचीमा पनि उनी थिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यसअघि महानगरीय अपराध महाशाखासहित काठमाडौ, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित परिपत्र गर्दा उनी पनि थिए ।

  • प्रकाशित मिति : कात्तिक ४, २०८२, मंगलवार २०:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८