• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको धर्मचोकमा कार दुर्घटना हुँदा ३ जना घाइते

  • खबरदाता

भरतपुरको धर्मचोकमा कार दुर्घटना हुँदा ३ जना घाइते

भरतपुरमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन।
प्रहरीले जनाए अनुसार सोमबार बिहान ३:३० बजेको समयमा उक्त दुर्घटना भएको हो।

चौबिसकोटीबाट बिशालचोक तर्फ जाँदै गरेको लु ३ च ५३५७ नं. को कार आफै अनियन्त्रित भई बाटोको बिच भागमा रहेको चौतारोमा ठक्कर खाइ दुर्घटना हुदा निम्न ब्यक्तिहरु घाइते भएको प्रहरीले जनाएको छ।

१- कार चालक नवलपरासी सुनवल न।पा।३ बस्ने ३१ को संदिप गुरुङ छातिमा चोट अबस्था सामान्य ।
२- रुपन्देही सैनामैना न.पा. ७ बस्ने बर्ष ३० को सुबास थापा अनुहार हात खुट्टामा चोट अबस्था सामान्य।
३- अर्घाखाँची भुमिका स्थान न.पा. ८ बस्ने बर्ष ३० को सरोज श्रेष्ठ टाउँकोमा चोट अबस्था सामान्य ।

  • प्रकाशित मिति : कात्तिक ३, २०८२, सोमवार ०६:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८