नेपाली बजारमा सुनको मूल्यले दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला सात हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ बढेर तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८