• जेठ १८, २०८३, सोमवार Monday, 01 June, 2026

आठवटा नदीमा जलसतह खतरा तहभन्दा माथि

  • खबरदाता

आठवटा नदीमा जलसतह खतरा तहभन्दा माथि

निरन्तरको वर्षाका कारण आज बिहान साढे ५ बजेसम्म आठवटा नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ ।

वाग्मती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला (सुनसरी), बिरिङ खोला (झापा)लगायत नदीको बहावले सतर्कता तह पार गरेको छ ।

१२ वटा नदीका विभिन्न केन्द्रहरूमा जलसतह सतर्कता तहभन्दा माथि र प्रायजसो नदीमका जल सतह बढ्दो क्रममा रहेका छन् । यसमा वाग्मती, कमला, कोसी जलाधारका बाढीमापन केन्द्रहरू रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोसी, मधेस र वाग्मती प्रदेशका अन्य सवै नदी र खोलाहरूमा बहाव सतर्कता तहनजिक छ ।

वाग्मती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छ । कोसी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । यो क्रम अबको केही घण्टा कायम रहने सम्भावना रहेको विभागले जनाएको छ ।

आज बेलुकसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान रहेको भोलि मध्यम जोखिम रहेको विभागको भनाइ छ ।

  • प्रकाशित मिति : असोज १९, २०८२, आइतवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८