• जेठ १८, २०८३, सोमवार Monday, 01 June, 2026

दशैँ टीकाको तेस्रो दिन : आशीर्वाद थाप्नेक्रम निरन्तर

  • खबरदाता

दशैँ टीकाको तेस्रो दिन : आशीर्वाद थाप्नेक्रम निरन्तर

आज आश्विन शुक्ल द्वादशीमा समेत दशैँको टीका लगाउनेको चहलपहल जारी छ । विजय दशमीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न सुरुभएपछि एकादशी र द्वादशीमासमेत टीका र आशीर्वाद लिन मान्यजनकामा पुग्नेक्रम जारी रहेको हो ।

नौरथको नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको हो । बिहीबार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपालको उपत्यकासहित पूर्व क्षेत्रमा भने दशैँ पूर्णिमासम्म मनाइन्छ ।

  • प्रकाशित मिति : असोज १८, २०८२, शनिवार ०६:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८