• जेठ १७, २०८३, आइतवार Sunday, 31 May, 2026

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

  • खबरदाता

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–७, खालबाडीमा गए राति (असोज ८) हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

तराई मूलको जस्तो देखिने ती पुरुषलाई जंगलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव बिहीबार (असोज ९) बिहान ६ः२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका निम्ति इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको छ । रासस

  • प्रकाशित मिति : असोज ९, २०८२, बिहीवार १०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८