• माघ २, २०८२, शुक्रवार Friday, 16 January, 2026

अर्थमन्त्री खनालको निर्णय : सबै स्वकीय सचिवको जागिर खोसियो

  • खबरदाता

अर्थमन्त्री खनालको निर्णय : सबै स्वकीय सचिवको जागिर खोसियो

राज्यको तर्फबाट स्वकीय सचिवको सुविधा लिएका अधिकांशको जागिर गएको छ ।

अर्थ मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने जनाएको छ ।

अर्थ मन्त्रालयको यो निर्णयसँगै राज्यका पूर्व विशिष्ट सबै पदाधिकारीले राज्यको तर्फबाट लिएको स्वकीयको सुविधा खारेज भएको छ ।

त्यस्तै, नेपाल सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न सक्ने अर्थ मन्त्रालयले निर्णय गरेको छ ।

 

  • प्रकाशित मिति : असोज ८, २०८२, बुधवार १२:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८