मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै थप ठूलो खसेको छ । मंगलबार (असोज ७ गते) अपराह्न ४:५५ मा ठूलो पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
डिभिजनका अनुसार, निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको छ । डिभिजनले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
पहिरोका कारण आज दिउँसो १ बजेदेखि नै सडक आवागमन दुवैतर्फ बन्द भएको थियो । अपराह्नतिर फेरि ठूलो पहिरो खसेको हो ।
यसअघि, गत शुक्रबार (असोज ३) साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो । त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो ।
तर, माथिबाट निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण सडक आवागमन सहज हुन सकेको छैन । जसका कारण दसैँ मनाउन घर हिँडेका हजारौँ यात्री मर्कामा परेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८