• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जेनजी पुस्तालाई प्रधानमन्त्रीको धम्कीः कानुनबारे जानेकै होला

  • खबरदाता

जेनजी पुस्तालाई प्रधानमन्त्रीको धम्कीः कानुनबारे जानेकै होला

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले सोमबार गर्न लागेको प्रर्दशनप्रति लक्षित गर्दै धम्की भाषा बोलेका छन्।

ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा ओलीले जेनजी पुस्ताले आह्वान गरेको आन्दोलन प्रति लक्षित गर्दै कानुन सम्झाने कोसिस गरेका हुन्।

उनले प्रर्दशनमा आउने तयारी गरेका युवा पुस्तालाई देशको नीति नियम र राष्ट्रियहितका विषय जानकार रहेको अपेक्षा आफूले गरेको उल्लेख गरेका छन्।

ओली महाविधेशनमा भने, ‘जेनजी पुस्ताले आफ्ना कुरा राख्न पाउनुपछ, पाउँछ, । देशको नीति, नियम अनि राष्ट्रिय हितबारे उनीहरुले स्पष्ट धारणा बनाएको होला भन्ने मैंले ठानेको छु।’

सामाजिक सञ्जाल बन्द गरेपछि इन्टरनेट र स्मार्ट फोनसँग हुर्किएको १३ देखि २८ वर्षसम्मको पुस्ताले प्रर्दशन आह्वान गरेका छन्। उक्त प्रर्दशनलाई समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले समर्थन जनाएका छन्।

  • प्रकाशित मिति : भदौ २२, २०८२, आइतवार १७:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८