• वैशाख ९, २०८३, बुधवार Wednesday, 22 April, 2026

टिकटक, भाइबरसहित सात ओटा सञ्जाल चल्ने, फेसबुक र युट्युब लगायत अरु बन्द 

  • खबरदाता

टिकटक, भाइबरसहित सात ओटा सञ्जाल चल्ने, फेसबुक र युट्युब लगायत अरु बन्द 

सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दिएको जानकारीअनुसार सातवटाबाहेक सबै सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गराउनका लागि पत्राचार गरिएको छ ।

“भदौ ९ गते क्याबिनेटले निर्णय गरेको थियो,” उनले बाह्रखरीसँग भने, “कार्यान्वयनको लागि दूरसञ्चार प्राधिकरणलाई लेखि पठाउने निर्णय भएको छ ।”

उनकाअनुसार दर्ता भएका र प्रक्रियामा रहेकाबाहेक सबै निष्क्रिय हुनेछन् ।

“सातबाहेक सबै सामाजिक सञ्जाल निष्क्रिय हुनेछन्,” उनले भने, “पाँचवटा सूचीकरण भएका छन् । दुईवटा प्रक्रियामा छन् ।”

उनका अनुसार भाइबर टिकटक, वीटक, निम्बस, पोपोेलाइभ सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा रहेका छन् ।

यस्तो छ मन्त्रालयको सूचना

  • प्रकाशित मिति : भदौ १९, २०८२, बिहीवार १४:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८