• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

लेखजंगले डिभोर्स प्रमाण पेश गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

  • खबरदाता

लेखजंगले डिभोर्स प्रमाण पेश गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार डा।लेखजंग थापा नै रहने बताएका छन् ।

लेखजंग थापाको बहुविवाहको विषय बाहिर आएपछि रास्वपाले केही समय उनीमाथि अनुसन्धान गरेको थियो । सोमबार रास्वपा नेताहरूले थापाले एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको प्रमाण सार्वजनिक नगरे उनको उम्मेदवारी रद्द गर्ने तयारी गरेका थिए ।

तर यसको जानकारी रास्वपा नेताहरूले थापालाई गराएपछि उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको कागज सार्वजनिक गरेका हुन् ।

त्यसपछि मगलबार कुराकानी गर्दै रास्वपा कार्यवाहक महामन्त्री बुर्लाकोटीले रास्वपाबाट थापा नै उपनिर्वाचनको उम्मेदवार भएको बताए ।

‘हामीले पहिला नै यो विषयमा क्लियर भएका थियौँ । हाम्रो उम्मेदवार उहाँ नै हो । हामीले धेरै कुरा अनुसन्धान गरेर उहाँलाई उम्मेदवार बनाएको हो ।’ बुर्लाकोटीले भने, ‘उहाँको विकल्प खोजिँदैन । ठुला दलहरूले हामीलाई अनावश्यक प्रहार गरे । उहाँ सबै हिसाबले क्लियर हुनुहुन्छ भन्ने हामीलाई पहिला नै थाहा थियो ।’

बुर्लाकोटीले थापाले मंगलबार या बुधवार पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने समेत बताए । उनले अब रास्वपा रुपन्देहीको जनतामाझ जाने समेत जानकारी दिए ।

लेखजंगको पहिलो श्रीमती सुलोचना घिमिरेसँग सम्बन्ध विच्छेद भएको हो । उनले बीएससी नर्सिङ गरेकी छन् । हाल उनी उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा कार्यरत रहेको जानकारी लेखजंगले रास्वपा नेताहरूलाई दिएका छन् ।

पहिलो पत्नीबाट जन्मिएको बच्चा पनि लेखजंगसँग भएको रास्वपा नेताहरू बताउँछन् । लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन् । उनीसँग भने लेखजंगको सम्बन्ध राम्रो भएको बताइएको छ ।

 

  • प्रकाशित मिति : भदौ १७, २०८२, मंगलवार १३:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८