• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन तीन हजार रुपैयाँले बढ्यो

  • खबरदाता

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन तीन हजार रुपैयाँले बढ्यो

नेपाली बजारमा आइतबार (भदौ १५ गते) सुनको मूल्यले नयाँ रकर्ड बनाएको छ । आज सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, भदौ १३ गते (शुक्रबार) सुन दुई लाख ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । शुक्रबारको तुलनामा आज सुन प्रतितोला तीन हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

  • प्रकाशित मिति : भदौ १५, २०८२, आइतवार ११:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८