• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रामेछापमा गाडी दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

  • खबरदाता

रामेछापमा गाडी दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मन्थली । रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३च ३९३५ नम्बरको पिकअप स्कोरपियो गाडी मन्थली नगरपालिका–६, बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको छ । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको जनाइएको छ ।

स्कोरपियोका चालक एवं उनका पति ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई थप उपचारका निम्ति काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कौशल न्यौपानेले बताए । मन्थली सामुदायिक अस्पतालमा उनको प्रारम्भिक उपचार गरिएको थियो ।

इन्स्पेक्टर न्यौपानेका अनुसार, गाडी सडकबाट करिब १०० मिटर तल खसेर तामाकोसी नदी किनारमा पुगेको थियो ।

मन्थली–७ स्थित सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्ज समेत रहेकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम हेटौँडामा अध्ययनरत छोरालाई भेट्न आइतबार बिहान त्यसतर्फ जाँदै गरेका बताइएको छ । रासस

 

  • प्रकाशित मिति : साउन २५, २०८२, आइतवार ११:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८