• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

गाईजात्रा आज, वाग्मती प्रदेशमा बिदा

  • खबरदाता

गाईजात्रा आज, वाग्मती प्रदेशमा बिदा

वाग्मती प्रदेशका केही जिल्लामा आज (साउन २४) गाईजात्रा पर्व मनाइँदै छ । नेवार समुदायका मानिसले एक वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा हरेक साल भाद्र कृष्ण प्रतिपदाका दिन यो जात्रा मनाउने गरेका छन् ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा यस दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने चलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोकलगायत नेवार समुदाय बाहुल्य क्षेत्रमा यो पर्व मनाउने गरिन्छ ।

यसै अवसरमा वाग्मती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा यस दिन प्रदेशभर सार्वजनिक बिदा दिइएको वाग्मतीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ ।

 

  • प्रकाशित मिति : साउन २५, २०८२, आइतवार ०६:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८