• फागुन ३०, २०८२, शनिवार Saturday, 14 March, 2026

आज चार संसदीय समितिको बैठक बस्दै

  • खबरदाता

आज चार संसदीय समितिको बैठक बस्दै

संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। बैठक बस्ने समितिहरूमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १२ः३० बजे समितिको कार्यकक्षमा बस्नेछ। बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ विषयमा छलफल हुनेछ। छलफलमा संघ र प्रदेश सरकारका सरोकारवाला मन्त्रालयहरू, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा भूमि, वन र कानुन क्षेत्रका विज्ञहरूको उपस्थिति रहनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः३० बजे समितिको कार्यकक्षमै बस्नेछ। बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ः०० बजे बस्नेछ। उक्त बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ सम्बन्धी दफावार छलफल हुनेछ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११स्ः०० बजे हुने भएको छ। उक्त बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, देखिएका समस्या, समाधान प्रयास तथा समितिको अपेक्षासम्बन्धी विषयमा छलफल गरिनेछ।

  • प्रकाशित मिति : साउन १६, २०८२, शुक्रवार ०५:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८