[ फाेटाे : फाइल ]
काठमाडौं । दार्चुलामा आइतबार (साउन ११) बिहान चमेलिया नदी सतर्कता तह पार भएको छ । नदीको जलसतह अझै बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीतटीय क्षेत्र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “ साउन ११ गते, बिहान ०३ः३० बजे । दार्चुला जिल्लास्थित चमेलिया नदी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८