झापाको कन्काई नदीमा आइतबार (साउन ४) बिहान बाढी आएको छ । मैनाचुली जलमापन केन्द्रमा कन्काईको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जलसतह बढ्दो क्रममा छ । नदीतटीय क्षेत्रमा यस दिन दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“साउन ०४ गते, बिहान ०५ः३० बजे । इलाम जिल्लास्थित कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८