• वैशाख ९, २०८३, बुधवार Wednesday, 22 April, 2026

अखिल क्रान्तिकारीद्वारा निजी विद्यालय बन्द

  • खबरदाता

अखिल क्रान्तिकारीद्वारा निजी विद्यालय बन्द

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज निजी विद्यालय बन्द गराएको छ।

शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै क्रान्तिकारीले निजी विद्यालय बन्द गराएको हो ।

निःशुल्क शिक्षा, शिक्षामा भइरहेको निजीकरणको अन्त्य र शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायत माग राखेर क्रान्तिकारीले विद्यालय बन्द गराएको हो ।

संविधानअनुरूप हरेक नागरिकले निःशुल्क शिक्षा पाउनु मौलिक अधिकार रहेको क्रान्तिकारीले बताएको छ ।

प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक हुने भन्दै क्रान्तिकारीले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

  • प्रकाशित मिति : साउन २, २०८२, शुक्रवार ०९:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८