• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • खबरदाता

यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा आज (असार २९) पनि वर्षाको अनुमान गरिएको छ । यस दिन दिउँसो देशभर साधारणतया बदली (बादलरवर्षा) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । विशेष गरी पहाडी भूभागमा वर्षाको सम्भावना बढी रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

“सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

यस दिन राति पनि देशभर साधारणतया बदली रहने अनुमान छ । “कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाको बुलेटिनमा उल्लेख छ ।

राति कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास छ । यो रेखा पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर (नेपालनजिक) रहेको महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपालतिर हुँदा यता वर्षाको सम्भावना बढी हुन्छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

  • प्रकाशित मिति : असार २९, २०८२, आइतवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८