• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

एयर इन्डिया विमान दुर्घटना :फ्युल कन्ट्रोल स्विच कट अफ भएको रिपोर्ट सार्वजनिक

  • एजेन्सि

एयर इन्डिया विमान दुर्घटना :फ्युल कन्ट्रोल स्विच कट अफ भएको रिपोर्ट सार्वजनिक

एयर इन्डिया विमान दुर्घटना भएको समयमा कोपाइलटले चलाएको र मूल क्याप्टेनले मनिटरिङ गरिरहेको रिपोर्टबाट देखिएको छ। रिपोर्ट अनुसार फ्युल कन्ट्रोल स्विच ‘कट अफ’ पोजिसनमा रहेको प्रारम्भिक रिपोर्टमा देखिएको छ। ककपिटमा रेकर्ड भएको स्वरको टुक्राले यो अनुमान भएको हो।

‘किन उसले कट अफ गरेको रु’ रेकर्ड भएको आवाजमा भनिएको छ। दुर्घटनामा २६० जना यात्रुको ज्यान गएको थियो।

प्रारम्भिक रिपोर्ट बाहिर आएपछि एयर इन्डियाले विज्ञप्ति जारी गर्दै सबै सरोकारकलासँग समन्वय गर्ने जनाएको छ। एयर इन्डियाले मृतकको परिवारको दुःखमा आफ्नो पनि साथ रहेको बताएको छ।

१५ पृष्ठ लामो रिपोर्टमा विमानले पूर्ण गति लिएपछि एक सेकेन्डको अन्तरमा इन्जिन १ र इन्जिन २ को स्विच रनबाट कटअफ पोजिसनमा गएको थियो। त्यसपछि पाइलटको आवाज ककपिटमा रेकर्ड भएको हो। चार सेकेन्डको फरकमा दुवै इन्जिनको स्विच कट अफबाट रनमा सरेको छ। त्यसको केही मिनेटपछि एक पाइलटले ‘मे डे मे डे मे’ भनेका थिए। त्यसको लगत्तै विमान विस्फोटको आवाज आएको थियो।

  • प्रकाशित मिति : असार २८, २०८२, शनिवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८