• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सात महिनापछि मेयर बालेनले बोलाए कार्यपालिका बैठक

  • खबरदाता

सात महिनापछि मेयर बालेनले बोलाए कार्यपालिका बैठक

सात महिनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले कार्यपालिका बैठक बोलाएका छन् । शुक्रबार (असार २७) दिउँसो बस्ने गरी उनले कार्यपालिका बैठक बोलाएका हुन् ।

महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार, शुक्रबार बिहान ११ बजे स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नेछ । त्यसपछि कार्यपालिका बैठक बस्ने तयारी छ ।

“समितिको बैठकको लागि पत्राचार भइसकेको छ । कार्यपालिकाको हुन बाँकी छ,” उनले बाह्रखरीसित भने ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण गएको पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन ।

  • प्रकाशित मिति : असार २६, २०८२, बिहीवार १५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८