माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी गणितमा ननग्रेडेड (एनजी) अर्थात फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको एसईईको नतिजा अनुसार गणित विषयमा सबैभन्दा बढी एनजी आएको हो ।
गणित विषयमा मात्रै एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका छन् । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुस्खद् भएको बताए ।
त्यस्तै अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८