• साउन ४, २०८२, आइतवार Sunday, 20 July, 2025

कांग्रेसले केन्द्रीय कार्यालयको लागि किन्यो १३ करोडको जग्गा

  • खबरदाता

कांग्रेसले केन्द्रीय कार्यालयको लागि किन्यो १३ करोडको जग्गा

नेपाली कांग्रेसले केन्द्रीय कार्यालयसँगै रहेको १९ आना जग्गा खरिद गरेको छ ।

केन्द्रीय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको छ ।

उक्त जग्गा १३ करोडमा खरिद गरेको जनाइएको छ । निर्धारित १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने विज्ञप्तिमार्फत् जनाइएको छ ।

  • प्रकाशित मिति : असार १३, २०८२, शुक्रवार १६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८