वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्ध विरामको सहमति भएको घोषणा गरेका छन्। ट्रम्पको यो घोषणा सत्य भएमा दुई देशलाई युद्धको अन्त्यतर्फ लैजाने छ।
ट्रम्पको घोषणा
सबैलाई बधाई छ१ इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्ध विरामको सहमति भइसकेको छ ९झन्डै ६ घण्टापछि, जब दुबै देशले आफ्ना अन्तिम सैन्य अभियानहरू पूरा गर्छन्१०, १२ घण्टाको लागि युद्ध विराम हुनेछ । त्यसपछि युद्ध अन्त्य भएको मानिने छ।’
आधिकारिक रूपमा इरानले युद्ध विराम सुरू गर्नेछ । १२औं घण्टामा इजरायलले युद्ध विराम सुरु गर्नेछ। त्यसपछि २४औं घण्टामा १२ दिने युद्धको अन्त्यलाई विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ। युद्ध विरामको प्रत्येक चरणमा अर्को पक्ष शान्त र सम्मानजनक व्यवहार गर्नेछ।
यदि सबै कुरा योजना अनुसार चल्यो भने म दुबै देशलाई यस्तो युद्धको अन्त्य गर्न देखाएको धैर्यता, साहस र बुद्धिमत्ताका लागि बधाई दिन चाहन्छु, जसलाई ‘१२ दिने युद्ध’ भनेर चिनिनु पर्छ।
यो यस्तो युद्ध थियो, जुन वर्षौंसम्म तानिन सक्थ्यो र पुरै मध्यपूर्वलाई तहस(नहस पार्न सक्थ्यो। तर त्यो भएको छैन र कहिल्यै हुने पनि छैन१ ईश्वरले इजरायललाई आशीर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशीर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्वलाई आशीर्वाद दिनुहोस्, ईश्वरले अमेरिकालाई आशीर्वाद दिनुहोस् र ईश्वरले संसारलाई आशीर्वाद दिनुहोस् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८