भारतको गुजरात स्थित एयर इन्डियाको एआई–१७१ उडान (बोइङ ७८७–८ ड्रिमलाइनर) बिमान विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक सवार रहेको बीबीसीले जनाएको छ।
अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा सवार यात्रुहरूमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक, सातजना पोर्चुगलका नागरिक र एकजना क्यानडेली नागरिक थिए ।
एयर इन्डियाले बताएअनुसार विमान युकेको ग्याटविक विमानस्थलतर्फ जाँदै थियो । प्रहरी अधिकारीहरूले यो विमान विमानस्थल नजिकैको एक नागरिक क्षेत्रमा ठोक्किएर खसेको बताएका छन् । विमानका क्याप्टेन सुमित सभरवालसँग ८,२०० घण्टाको उडान अनुभव थियो । सह–विमान चालक (को–पाइलट) सँग १,१०० घण्टाको उडान अनुभव थियो ।
एयर ट्राफिक कन्ट्रोल ९एटीसी० अनुसार, विमानले अहमदाबादबाट १३ः३९ मा रनवे २३ बाट उडान गरेको थियो । यसले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे कल’ गरेको थियो, तर पछि विमानबाट कुनै प्रतिक्रिया आएन । उडानलगत्तै विमान विमानस्थल परिसर बाहिर ठोक्किएर खस्न पुगेको थियो ।
अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले विमानस्थल अहिले अपरेशनमा नभएको बताएका छन् । अर्को सूचना नआउन्जेल सम्पूर्ण उडान सेवा निलम्बित गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८