पछिल्लो एक घण्टामा सुनसरी आसपास भारी वर्षा मापन गरिएको छ । बुधबार बेलुका ८;२५ बजे सुनसरीस्थित धरान बजार र तरहरा वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
थप वर्षा हुने सम्भावना रहेकोले सुनसरी, मोरङ जिल्ला भइ बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेले सतर्कता अपनाउन विभागले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८